कलंकी, कुलेश्वर र बल्खु क्षेत्रमा अत्यावश्यक बाहेकका सेवा १५ दिन बन्द



Download our app to get more features

काठमाण्डौं,३० साउन । कोरोना संक्रमण समुदायस्तरमा फैलिएको भन्दै काठमाडौं महानगरपालिकाको वडा नम्बर १४ सिल गरिएको छ। बिहीबारदेखि लागू हुने गरी कलंकी, कुलेश्वर, बल्खुलगायत १४ वडाभित्र पर्ने सबै स्थान सिल गरिएको वडा कार्यालयले जनाएको हो। 

कोरोना भाइरस घर, टोल र बस्तीमा समेत देखिन थालेकाले १५ दिनका लागि १४ नम्बर वडा क्षेत्र सिल गरिएको छ ।

वडा क्षेत्रभित्र अत्यावश्यक बाहेक सबै सेवा १५ दिनका लागि बन्द गरिएको छ। फुटपाथ र ठेलागाढा व्यवसायसमेत बन्द गरिएको कार्यालयले जनाएको छ। 
त्यस्तै फलफूल, तरकारीलगायत पसलको हकमा बिहान ५ बजेदेखि बिहान ९ बजेसम्म मात्रै खुल्ला गर्न कार्यालयले निर्देशन दिएको छ। 

औषधि, खाद्यान्न, खुद्रा व्यवसायको हकमा सामाजिक दूरी कायम गरी व्यवसाय सञ्चालन गर्न अनुरोध गरिएको छ। 

कार्यालयले समुदायबासीहरुलाई व्यक्तिगत सरसफाइमा समेत ध्यान पुर्‍याउन आग्रह गरेको छ। अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन सुझाएको छ। घरबाहिर निस्कँदा अनिवार्य मास्क प्रयोग गर्न कार्यालयले आग्रह गरेको छ।

Last modified on 2020-08-14 08:00:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts