विराटनगरमा थप एकजनाको मृत्यु

विराटनगर, ३० साउन । कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा उपचाररत सिरहा विष्णुपुर गाउँपालिका–१ का ४० वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको हो ।
मंगलबार नै अस्पताल भर्ना भएका उनमा बिहीबार साँझ संक्रमण रहेको पुष्टि भएको अस्पतालले जानकारी दिएको छ । ७ बजे संक्रमणको पुष्टि भएको उनको ८ बजे मृत्यु भयो । मृतकमा श्वासप्रश्वास र निमोनियाको समस्या देखिएको अस्पतालले जनाएको छ ।