पर्सामा स्वास्थ्यकर्मीमाथि भएको घटनाप्रति एनएमएको आपत्ति, दोषीलाई कारबाही गर्न माग

काठमाडौं, २८ साउन । नेपाल चिकित्सक संघले पर्सामा स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्नेलाई कारबाही गर्न माग गरेको छ ।
संघका महासचिव डा बद्री रिजालले विज्ञप्ति जारी गर्दै उपचारमा संलग्न स्वास्थ्यकर्मी र चिकित्सकमाथि हातपात गर्ने, स्वास्थ्य संस्थामा तोडफोड गर्नेलाई कडा कारबाहीको माग गरेका हुन् ।
विज्ञप्तिमार्फतन् संघले कोभिड १९ रोकथाम, नियन्त्रण र उपचार गर्दा स्वास्थ्यकर्मी तथा चिकित्सकहरु स्वयं नै संक्रमित भई रहेको अवस्थामा समेत नेपाली जनताको जीवन रक्षाका निम्ती आफ्नो ज्यानको बाजी लगाउँदै जनताका लागि निरन्तर स्वास्थ्य सेवा प्रवाहमा समर्पित भई रहेको अवस्थामा नारायणी अस्पताल वीरगञ्ज र गण्डक अस्थायी कोरोना अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथी कुटपिट अस्वाभाविक तवरले लाल्छाना लगाउने, शारीरिक हातपात गर्ने तथा स्वास्थ्य संस्था एवं चिकित्सकहरुको सवारी साधन तोडफोड गर्ने जस्ता अत्यन्तै अमानवीय घटनाको भत्र्सना गरेको ।
यस्तो बिषमपूर्ण अवस्थामा समेत स्वास्थ्यकर्मी, चिकित्सक तथा स्वास्थ्य संस्थाको सुरक्षाका निम्ती नेपाल सरकारले प्रभावकारी कदम नउठाउने हो भने देशभरकै स्वास्थ्य सेवा प्रवाहमा नकारात्मक असर पर्न सक्ने प्रायः निश्चित रहेको महासचिव रिजालको भनाइ छ ।
कोरोना भाइरसको महामारीका कारण उत्पन्न हुँदै आएको मानवीय संकटका समयमा कोरोना भाइरस संक्रमण उच्च रहेको क्षेत्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथी नै यस्ता प्रकारका अवान्छनीय र अकल्पनीय घटना घटाउनु र सुरक्षा निकायले प्रभावकारी सुरक्षा प्रदान गर्न नसक्नुले गम्भीर परिस्थिति सिर्जना गरेको हुँदा संघले विभिन्न माग राखी सरकारको ध्यानाकर्षण समेत गराइएको छ ।
यस्तै, पर्सा जिल्लाका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुले सञ्चालन गरेको विरोध कार्यक्रमप्रति संघ ऐक्यबद्धता जाहेर गर्दै घटनामा संलग्न दोषीहरुलाई तत्कालै कानूनी दायरामा ल्याई कडा कारवाही गर्न नेपाल सरकार समक्ष माग गरेको छ ।
संघका मागहरु:
१) चिकित्सक तथा स्वास्थ्य संस्थामाथी सांघातिक हमला र तोडफोड गर्ने घटना दिनप्रतिदिन बढ्दै गईरहेको हुनाले नेपाल सरकार मन्त्रीपरिषद्को मिति २०७६ चैत्र २२ गतेको निर्णयलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ र नियमावली २०६९ मा समावेश गरी दीर्घकालिन रुपमा स्वास्थ्यक्षेत्रलाई शान्तिपूर्ण क्षेत्र घोषणा गरेर स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको मनोबललाई उच्च पार्नु पर्ने ।
२) चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमा संक्रमण बढ्दै गईरहेकोले उनीहरुको उपचारको विशेष व्यवस्था गर्ने र नीजहरुको स्थानीय अस्पतालमा उपचार हुन नसकेमा तत्काल हवाई उद्दार गरी सुविधा सम्पन्न अस्पतालमा उपचार गराउने व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल मिलाउनु पर्ने ।
३) नेपाल मेडिकल काउन्सिलको निर्देशिकामा उल्लेख भएका अत्यावश्यक औषधीहरु जस्तै क्ष्लवभअतष्यल च्झभमभकष्खष्च उपलब्ध गराउनु पर्ने र कोभिड उपचारमा आवश्यक पर्ने भेन्टिलेटर, अक्सिजन, आईसियू बेडहरु र जनरल बेडहरुको संख्या बृद्धि गर्नु पर्ने ।