नेपालमा प्लाज्मा थेरापी: एकको मृत्यु, एक उपचाररत



Download our app to get more features

  काठमाण्डौं,२७ साउन ।  नेपालमा कन्भालेसेन्ट प्लाज्मा थेरापी तीनजना कोरोना संक्रमितमा परीक्षण गरिएको छ । 
 प्लाज्मा थेरापी गरिएका तीनजनामध्ये एक जना पूर्ण रुपमा निको भएर घर फर्किएका छन् भने एकजनाको उपचारकै क्रममा रहेका छन् । प्लाज्मा थेरापी गरिएकामध्ये अर्का एकजनाको भने मृत्यु भएको  छ ।
 मेडिसिटी अस्पतालमा पाँच दिनअघि प्लाज्मा थेरापी गरिएका कीर्तिपुरका ६३ वर्षीय पुरुषको सोमबार मृत्यु भएको हो । 
नेपालमा पहिलोपटक प्लाज्मा थेरापी विधिबाट उपचार गरी निको हुने संक्रमित विराट मेडिकल कलेजका सञ्चालक डा. ज्ञानेन्द्रमान सिंह कार्की हुन् । उनको १५ साउनमा त्रिवि शिक्षण अस्पतालमा प्लाज्मा थेरापी गरिएको थियो ।  यो उपचार पद्धतीमा निको भैसकेका कोरोना संक्रमितको प्लाज्मा गम्भीर कोरोना संक्रमित बिरामीलाई दिइन्छ ।
यस्तै,
भारतमा केही समय अगाडी कोरोना संक्रमितको उपचारमा प्लाज्मा थेरापी खासै उपयोगि नहुने विज्ञहरुले बताएका थिए । 
भारतको नयाँ दिल्लीमा  पहिलो पटक प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको सफल उपचार भए पछि अहिले भारतको बिभिन्न ठाउँमा प्लाज्मा बैंकको स्थापना गर्ने क्रम बढेको  छ । 
  त्यहाँका वैज्ञानिकहरुले झण्डै एक साता अगाडि यो विधी कसरी उपयोगि हुने भन्दै खोप विकासमा ध्यान दिन आग्रह गरेका थिए ।  


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts