मंगलवार १० हजारभन्दा बढीको पिसिआर परीक्षण, निजी र सरकारी प्रयोगशालाको यस्तो छ विवरण



Download our app to get more features

काठमाडौं, २७ साउन । नेपालमा पछिल्लो समय दिनकै औसतमा ४ देखि ६ सयका दरले कोरोना संक्रमित थपिँदै गएका छन् । 

नेपालका सरकारी तथा निजी गरी विभिन्न ३८ वटा प्रयोगशालामा गरिने आरटी पिसिआर परीक्षणमा कोरोना संक्रमितको दर बढ्दै गएको देखिन्छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रयोशाला र परीक्षण क्षमता बढाएपछि र शुल्क तिरेर परीक्षण गर्न पाउने व्यवस्था लागू भएसँगै नेपालमा कोरोना संक्रमितको दर बढेको छ ।

मंगलवार मात्रै नेपालमा गरिएको १० हजार ४ सय ६२ पिसिआर परीक्षणमा ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३८ प्रयोगशालामध्ये १० वटा निजी प्रयोगशालामा ६२ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै बाँकी ५ सय ७६ जना सरकारी प्रयोगशालाका रहेका छन् ।

मंगलवार सरकारले सार्वजनिक गरेको आरटी पिसिआर परीक्षणको प्रयोगशाला सम्बन्धी जानकारी यस्तो :


 

Last modified on 2020-08-11 19:32:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts