थप ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु, ३ जना भेन्टिलेटरमा



Download our app to get more features

काठमाडौं, २७ साउन । नेपालमा थप ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हाल नेपालभर २ सय २४ होम आइसोलेशनमा रहेको जानकारी दिए । उनले नेपालमा पछिल्लो समय कोरोना संक्रमणको दर बढ्दै गएपछि सरकारले बनाएको मापदण्ड अनुसार मानिसहरु होम आइसोलेसनमा बसिरहेको बताए । 

यस्तै हालसम्म ११ सय ३४ वटा आईसीयू बेड रहेको र ५ सय ७६ वटा भेन्टिलेटर नेपालभर रहेको पनि उनले जानकारी दिए ।

डा गौतमले हाल ८५ जना कोरोना संक्रमित आईसीयूमा रहेको र ३ जना भेन्टिलेटरमा उपचाररत रहेको पनि बताए ।

नेपालमा थप ४ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ८३ पुगेको छ ।

Last modified on 2020-08-11 17:06:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts