नेपालमा थपिए ६ सय ३८ जना नयाँ संक्रमित, संख्या २४ हजार नजिक



Download our app to get more features

काठमाडौं, २७ साउन । नेपालमा थप ६ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले योसँगै नेपालमा २३ हजार ९ सय ४८ पुगेको बताए ।

उनले पछिल्लो २४ घन्टामा १ सय ७१ जना कोरोना संक्रमणमुक्त भएको भन्दै नेपालमा हालसम्म १६ हजार ६ सय ६४ कोरोना संक्रमणपछि स्वस्थ भएको जानकारी गराए ।

डा गौतमले हाल नेपालभर ७ हजार २ सय १ जना आइसोलेसनमा रहेको पनि बताए ।

Last modified on 2020-08-11 16:33:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts