कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानको बहिरंग सेवा बन्द



Download our app to get more features

धरान, २७ साउन । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अस्पतालको बहिरंग विभाग अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ ।

अस्पतालले मंगलवार सूचना जारी गर्दै भोलिदेखि अनिश्चितकालका लागि बहिरंग सेवा बन्द गरेको जनाएको हो ।

अस्पतालका सहायक निर्देशक डा विकास साहले कोभिड १९ संक्रमणको खतरा बढेपछि ओपिडी सेवा बन्द गरिने बताए ।

उनले कोभिड १९ नियन्त्रणका लागि स्थानीय सरकारले एक सातासम्म लकडाउन घोषणा गरेको र आफ्नै परिसर भित्र समेत संक्रमण देखिएको भन्दै प्रतिष्ठानले अनिश्चित कालका लागि ओपिडी बन्द गर्न लागेको पनि जानकारी गराए ।

उनले स्वास्थ्यकर्मीमा समेत कोरोना संक्रमण बढ्दो क्रममा देखिन थालेपछि अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द रहने बताए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts