बैतडीमा महिला स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने दुई जना पक्राउ



Download our app to get more features

बैतडी, २७ साउन । बैतडीमा महिला स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने दुई जना पक्राउ परेका छन् । 

कुटपिटपछि फरार रहेका जिल्लाको पुर्चौडी नगरपालिका ३ का २४ बर्षीय मोहन कुँवर र २१ बर्षीय विरेन्द्र कुँवरलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

पुर्चौडीको न्वादेउ स्वास्थ्यचौकी अन्र्तगतको नकाली नगरस्वास्थ्य केन्द्रमा कार्यरत २५ वर्षीया अनमी जानकी भट्ट र ३१ वर्षीया कार्यालय सहयोगी बिमला कुँवरमाथि कुटपिट गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।

घरबाटै पक्राउ गरिएका उनीहरुमाथी अनुसन्धान हुने र आवश्यक देखिए मुद्दा चलाउने प्रहरीले जनाएको छ । 

आइतबार स्वास्थ्यकेन्द्रमै बिरामीको उपचार गरिरहेका बेला आफूमाथि ती युवकहरुले कुटपिट गरेको भन्दै जानकीले प्रहरीमा उजुरी दिएकी थिइन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts