जनकपुरमा थप एक कोरोना संक्रमितको मृत्यु

काठमाण्डौं, २७ साउन । जनकपुरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । प्रादेशिक अस्पताल कोभिड–१९ अस्पतालको आइसोलेसनमा उपचाररत ६० वर्षीया पुरुषको मृत्यु भएको हो।
विदेह नगरपालिका–८ का मृतक साउन ८ गते देखि आइसोलेसनमा भना भएका थिए । उनलाई लामो समयदेखि अत्याधिक ज्वरो आएको, क्षयरोग र निमोनियाबाट पनि पीडित रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।
उनको ट्राभल हिस्ट्री भने खुल्न बाँकी छ । उनको शव व्यवस्थापनको तयारी भइरहेको छ । धनुषा जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।