भरतपुरमा गरिएकाे परीक्षणमा चितवन र रुपन्देहीका गरि थप १३ जनामा काेराेना संक्रमण

चितवन, २७ साउन । भरतपुरमा रहेकाे प्रयाेगशालामा गरिएकाे परीक्षणमा चितवन र रुपन्देहीका गरि थप १३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
साेमबार प्रयाेगशालामा २ सय ५० नमूना परीक्षण गरिएकोमा चितवन र रुपन्देहीका गरि थप १३ जनामा काेराेना भाइरस (काेभिड-१९) संक्रमण पुष्टि भएकाे प्रयाेगशाला प्रमुख डा. नितु अधिकारीले जानकारी दिईन् ।
उनका उनुसार काेराेना भाइरस (काेभिड-१९) संक्रमण पुष्टि हुनेहरूमा चितवनकाे भरतपुर महानगरपालिका ८ र ११ का ३७ र ४६ वर्षीय पुरूष र ४१ वर्षीया महिला रहेका छन् ।
त्यस्तै, अन्य संक्रमण पुष्टि हुनेहरूमा १० जना रुपन्देही जिल्लाकाे बुटवल र भैरहवाका छन् । रुपन्देहीका २३ देखि ७५ वर्ष उमेर समूहका आठजना पुरूष तथा २१ र ३२ वर्षीया दुई जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हाे ।
उनीहरूकाे चितवनमा रहेकाे भरतपुर अस्पताल काेभिड-१९ परीक्षण प्रयाेगशालामा स्वाब आरटिपिसिआर प्रविधिबाट परीक्षण गरिएकाे हाे ।
उता शनिवार भरतपुर महानगरपालिका–१ का ६ वर्षीय बालक, त्यस्तै वडा नं. ४, १० र १५ का २० देखि ४८ वर्ष उमेर समूहका चार जना पुरुष र एक जना महिला गरि चितवनका छ जनामा काेराेना संक्रमण देखिएकाे थियाे । सङ्क्रमित हुनेमा प्रहरी, थुनुवा, राष्ट्रिय वाणिज्य बैंक भरतपुरमा कार्यरत कर्मचारी, उपचाररत बिरामी र हाेम क्वारेन्टिनमा रहेकाहरू छन् ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।