ठक्कर दिएर चिकित्सकको हत्या गर्ने मोइक्रोबस चालक जेल चलान
 
             काठमाण्डौं, ५ चैत्र । गत फागुन ९ गते त्रिवि शिक्षण अस्पताल नजिकै ठक्कर दिएर दुई जना चिकित्सकको ज्यान लिने माइक्रोबसका चालक अर्जुन सेवालाई जेल चलान गरीएको छ ।
काठमाण्डौं, ५ चैत्र । गत फागुन ९ गते त्रिवि शिक्षण अस्पताल नजिकै ठक्कर दिएर दुई जना चिकित्सकको ज्यान लिने माइक्रोबसका चालक अर्जुन सेवालाई जेल चलान गरीएको छ । 
काठमाडौं जिल्ला अदालतले बिहिबार चालक सेवालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।
प्रहरीले गत बुधबार सर्वस्वसहित जन्मकैद सजायको माग गरी उनीविरुद्ध मुद्दा दायर गरेको थियो । गत ९ फागुनमा दिउँसो विद्या संसार स्कुुलका विद्यार्थी बोकेको बा१ प ४३ नम्बरको माइक्रोबसको ठक्करबाट त्रिवि चिकित्सा अध्ययन संस्थान (आईओएममा) एमडी प्रथम वर्षमा अध्ययनरत प्युठानका २६ वर्षीय डा. सन्जिव सुवेदी र भारत बिहारका डा. सोनी आनन्दको घटनास्थलमै मृत्यु भएको थियो । 
माइक्रोका चालक सेवासँग माइक्रोबस चलाउने लाइसेन्स नै नभएको अनुसन्धानमा खुलेको थियो । अदालतले उनलाई थुनामा पठाउने आदेश दिएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ । लाइसेन्स नै नभएका व्यक्तिलाई गाडि चलाउन दिएको भन्दै प्रहरीले जेभियर कलेज इन्टरनेशलका संचालक लोक बहादुर भण्डारीविरुद्ध समेत मुद्दा दायर गरेको थियो । उक्त माइक्रोबस जेभियरले पुरुषोत्तम खनालमार्फत विद्या संस्कार स्कुललाई लिजमा लगाएको थियो । 
प्रहरीले भण्डारी, ग्लोबल एसिया टुर्स एण्ड ट्राभल्सका संचालिक विन्दुदेवी शर्मा र कालिगण्डकी अटोमोबाइल्सका संचालक पुरुषोत्तम खनालविरुद्ध पनि अदालतमा सवारी तथा यातायात व्यवस्था ऐनअनुसार मुद्दा दायर गरेको छ ।
 
 
                
                
- 
                View Other Stories by Author >>
 
                                    
 
                         
                         
                         
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                 
                 
                 
                