कोरोना संक्रमण नियन्त्रणमा सरकार असफल : नेपाली कांग्रेस



Download our app to get more features

काठमाण्डौं, २६ साउन । नेपाली कांग्रेसले कोरोना संक्रमण नियन्त्रणमा सरकार असफल भएको बताएको छ ।कांग्रेसको कोभिड–१९ सम्बन्धी अनुगमन समितिका संयोजक एवं सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकार तथा मन्त्री निकट र टाढाका आधारमा कर्मचारी राख्ने गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व फितलो भएको बताए । 
सरकारले काम गर्ला र सुरक्षित हौंला भन्ने नठान्न आग्रह गर्दै आफूलाई सुरक्षित राख्ने तरिका खोज्न आग्रह गरेकाछन् ।  

सरकारले काम गर्ला र सुरक्षित हौंला भन्ने नठान्न आग्रह गर्दै आफूलाई सुरक्षित राख्ने तरिका खोज्न आग्रह गरेकाछन् । सरकारले बनाएको उच्चस्तरीय संयोजन समिति पनि पूर्ण रुपमा असफल भएको उनले बताए ।

स्वास्थ्य सामाग्री खरिदमा भ्रटाचार गरेको र असफल भइसकेको नेतृत्वलाई राखिराख्न नहुने भन्दै उनले भने, सशक्त, डेडिकेटेड र इमान्दार नेतृत्व चाहिएको छ । उनले अनिवार्य मास्क लगाउन, एकअर्कामा भौतिक दुरी कायम राख्न, पटकपटक साबुन पानीले हात धुन वा स्यानिटाइजर प्रयोग गर्न र अत्यावश्यक काम पर्दा बाहेक सार्वजनिक स्थानमा नजान सबैलाई आग्रह गरेका छन ।

कांग्रेसले पूर्ण रुपमा लकडाउन सम्भव नभएको भन्दै जहाँ संक्रमण देखिन्छ, त्यो क्षेत्रमा परीक्षण र सिल गर्नुपर्ने बताएको छ । सीमा नाकामा कडाई तथा व्यवस्थित गर्न, निजी अस्पतालहरुलाई पनि कोरोना उपचारमा सहभागी गराउन र स्वास्थ्यकर्मीहरुको जोखिम भक्ता तत्काल उपलब्ध गराउन पनि कांग्रेसको कोभिडसम्बन्धी अनुगमन समितिले भनेको छ ।

Last modified on 2020-08-10 20:08:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts