ललितपुरमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु



Download our app to get more features

काठमाण्डौं, २६ साउन ।   ललितपुरमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । ललितपुरस्थित किस्ट अस्पतालमा उपचारका लागि हिजो भर्ना भएकी ५० वर्षकी एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । काभ्रेबाट उपचारका लागि हिजो अस्पताल भर्ना भएकी उनको आज बिहान साढे १० बजे नै मृत्यु भएको थियो । अस्पतालको एमआईसीयूमा भर्ना भएकी उनको मृत्यु पछि स्वाब संकलन गरेर पठाइएको र साँझा उनको रिपोर्टमा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालका प्रमुख डा सुरज बज्राचार्यले हाम्रो डाक्टर न्यूजलाई बताए ।

Last modified on 2020-08-10 19:40:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts