स्वास्थ्यका सरकारी निकायहरुमा सेवा कटौती नहुने



Download our app to get more features

काठमाण्डौं, २६ साउन ।  काठमाडौं उपत्यकाभित्रका स्थानीय तहहरुले अत्यावश्यक बाहेकका सबै सेवा तीन हप्ताका लागि बन्द गर्ने निर्णय गरेका छन ।

काठमाडौं उपत्यकाभित्र रहेका नगरपालिकाका मेयरहरुको संगठन ‘नगरपालिका मेयर फोरम’को सोमबार बसेको बैठकले तीन हप्ताका लागि अत्यावस्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो।कोरोना भाइरसको महामारी फैलिइरहेका बेला काठमाडौं उपत्यका जोखिम कम गर्नका लागि यस्तो निर्णय गरिएको हो ।

तर यो कुरा स्वास्थ्य क्षेत्रमा भने लागु नहुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्क्ता डा. जागेश्वर गौतमले बताएका छन् । ‘स्वास्थ्य संस्थामा कार्यरत केही कर्मचारी कटौती गरेर सेवा दिने हो, तर कुनै पनि सेवा दिन्न भनेर भन्न पाईंदैन, उनले भने ।’ निजी अस्पताल तथा फार्मेसि बन्द भएपनि सरकारी अस्पतालका र फार्मेसिको सेवा नरोकिने दाबी उनले गरे । स्वास्थ्य संस्थाका केही कर्मचारि कोरोना संक्रमित भएकाले थप जोखिम नआओस भनेर कर्मचारि कटौती गर्न खोजिएको डा. गौतमले बताए ।

यदि कुनै स्वास्थ्य संस्थाबाट सेवा सुविधा नपाएमा स्वास्थ्य मन्त्रालयमा गुनासो टिपाउन पनि उनले आग्रह गरे । यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर रहेका सम्पूर्ण अस्पतालले आफुसँग भएकोमध्ये २० प्रतिशत बेड कोरोना संक्रमितको उपचारका लागि छुट्याउन निर्देशन दिएको छ ।

यता, काठमाडौं उपत्यकामा संक्रमणको दर सरकारी कार्यालयहरुमा बढी देखिन थालेपछि सरकारले उच्च सुरक्षा सतर्कता अपनाउन भनेको छ । सरकारी कार्यालयबाट हुने अत्यावश्यक बाहेकका सेवा बन्द रहने तथा आंशिक कार्यलय खोलेर अत्यावश्यक सेवाहरु दिने निर्णय भैसकेको छ ।

यो समयमा भिडभाड कम गराउने, स्वास्थ्य सुरक्षाको मापदण्डलाई कडाइका साथ पालना गराउने कार्यलयहरुमा कम आवतजावत गर्नका लागि आग्रह गरिएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts