कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७९ पुग्यो

काठमाण्डौं, २६ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना पोजेटिभ देखिएका बाँकेकी ७० वर्षकी वृद्दा, पर्साकी ४५ वर्षकी महिला, मध्यबानेश्वरका ७६ वर्षका बृद्द र कलंकी ट्याङलाफाटका ६४ वर्षका वृद्दको मृत्यु भएको जानकारी दिएका छन् ।
Last modified on 2020-08-10 16:57:04