नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार नाघ्यो



Download our app to get more features

काठमाडौं, २६ साउन । नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २३ हजार नाघेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न ३७ वटा प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा थप ३ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ३ सय १० पुगेको बताए ।

यस्तै पछिल्लो २४ घन्टामा १ सय ४० जनाले कोरोना संक्रमणलाई जितेका छन् । योसँगै नेपालमा हालसम्म १६ हजार ४ सय ९३ पुगेको छ ।

यस्तै डा गौतमले नेपालमा हाल ४ जिल्लामा ५ सय भन्दा बढी संक्रमितहरु रहेको पनि बताए । जसमा प्रदेश २ का ३ जिल्ला रौतहट, महोत्तरी र पर्सा छन् भने काठमाडौंमा पनि ५ सयभन्दा बढी कोरोना संक्रमित रहेका छन् ।

Last modified on 2020-08-10 16:44:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts