कोरोनाको कारण पोखरामा एक जनाको मृत्यु



Download our app to get more features

काठमाण्डौ, २५ साउन । 
कोरोना संक्रमणबाट पोखरामा एक जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको  कोभिड–१९ उपचार केन्द्रमा उपचाररत ६२ वर्षीय पुरुषको गएराति मृत्यु भएको अस्पतालले जानकारी गराएको छ।

पोखरा महानगरपालिका–१९ का संक्रमित साउन १९ गते अस्पतालमा भर्ना भएका थिए । आइसीयूमा उपचाररत अवस्थामा हिजो राति ११ः३५ बजे निजको मृत्यु भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। 

Last modified on 2020-08-09 13:31:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts