आज सीसीएमसीको बैठक बस्दै: लकडाउनबारे समीक्षा गरिने



Download our app to get more features

काठमाण्डौ, २५ साउन । लकडाउनबारे समीक्षा गर्न आइतबार कोभिडि(१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठक बस्ने भएको छ। कोरोना संक्रमितको अवस्था विश्लेषण गरी लकडाउनलाई कसरी अगाडी लैजाने भन्ने बारेमा समीक्षा गर्न सिसिएमसीको बैठक बस्ने तय भएको हो ।

यसअघि शनिबार बैठक बस्ने भनिएपनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो। सोही बैठकलाई आज सारिएको थियो ।

कोरोना भाइरसको संक्रमण बढेको सरकारले यसअघि नै २ सय भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा जोरबिजोर प्रणाली लागू गरिसकेको छ। हाल जिल्ला प्रशासन कार्यालय वा स्थानीय तहले क्षेत्रगत रूपमा लकडाउन वा सिल गर्दै आएका छन् ।

 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts