नेपालमा थपिए ३ सय ७८ जना नयाँ संक्रमित, ३ जनाको मृत्यु



Download our app to get more features

काठमाडौं, २४ साउन । नेपालमा थप ३ सय ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको छ । यस्तै हालसम्म १६ हजार ३ सय १३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा थप तीन जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको र नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७३ पुगेको छ ।

Last modified on 2020-08-08 16:33:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts