काठमाडौंमा क्यान्सरका नयाँ बिरामी थपिने दर बढ्यो, महिला भन्दा पुरुष क्यान्सर रोगी बढी



Download our app to get more features

काठमाडौं, २४ साउन । काठमाडौं उपत्यकामा क्यान्सरका नयाँ बिरामी थपिने दरमा वृद्धि भएको छ । 

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले सार्वजनिक गरेको एक तथ्यांक अनुसार नेपालका विभिन्न क्षेत्रमा भन्दा काठमाडौं उत्यकामा क्यान्सरका बिरामी बढी रहेको छ । जसमा महिलाको तुलनामा पुरुषमा क्यान्सरको समस्या बढी देखिएको हो । 

परिषदले सार्वजनिक गरेको तथ्यांकमा बिरामीको दर प्रति एक लाख पुरुषमा ९८ दशमलव १ र महिलामा ९५ दशमलव ३ पाइएको छ । जुन दर ग्लोबल क्यानले नेपालको लागि अनुमान गरेको भन्दा पुरुषमा बढी तथा महिलामा निकै कम हो ।

यस्तै रुकुममा नयाँ क्यानसर बिरामीको दर काठमाडौं उपत्यकामा भन्दा कम देखिएको छ भने सिरहा, सप्तरी, धनुषा र महोत्तरी क्यान्सर रजिष्ट्री (प्रति एक लाख पुरुषमा ४७ दशमलव १ र महिला ४४ दशमलव ६) मा भने नयाँ क्यान्सर बिरामीको दर नेपाल र भारतको शहरी तथा ग्रामिण क्षेत्रमा भन्दा कम पाइएको छ । कम भेटिनुको कारण बिरामीहरु उपचारका लागि सिधै भारतका  विभिन्न स्थानमा जाने, ज्ञानको कमी ता क्यान्सर रोगको पहिचान हुन नसक्नु हो ।

यस्तै नेपालको भौगोलिक क्षेत्रहरुमा प्राप्त क्यान्सरको तथ्यांकमा फोक्सोको क्यान्सर उच्च पाइएको छ । जसमा प्रति एक लाखमा पुरुषमा १८ दशमलव १ र महिलामा शून्य पाँच दशमलव ४ रहेको ।

यसैगरी महिलाहरुमा शहरी क्षेत्रमा स्तन क्यान्सर बढी देखिएको छ भने ग्रामीण क्षेत्रमा पाठेघरको मुखको क्यान्सर बढी पाइएको छ । यस्तै पेट र पित्तथैलीको क्यानसर पनि सबै भुभागमा र महिला तथा पुरुषमा बढी देखिएको छ भने जिल्लाको तुलना गर्दा पित्तथैलीको क्यान्सर भक्तपुर र ललितपुर जिल्लामा अरु जिल्लाभन्दा धेरै रोकिएको छ । नयाँ क्यान्सर रजिष्ट्री भएको क्षेत्रमा पुरुषहरुमा मुखको क्यान्सर प्रमुख क्यान्सरको रुपमा पाइएको छ भने अरु क्षेत्रमा यो क्यान्सर कम पाइएको छ ।

Last modified on 2020-08-08 10:09:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts