नेपाल सरकारले वितरण गर्ने औषधि नै गुणस्तरहिन



Download our app to get more features

काठमाण्डौं, २४ साउन । राष्ट्रिय औषधि प्रयोगशालाले नेपालमा प्रयोग हुने औषधिको गुणस्तर मापनको नतिजा सार्वजनिक गरेको छ ।

सार्वजनिक विवरण अनुसार नेपाल स्वास्थ्य अनुसन्धान परिषदले २० वटा जेनेरिक औषधिहरुको २४४ वटा ब्याचको अध्ययन गरेको थियो। अध्ययनमा ३७ वटा ब्याचहरुको उचित गुणस्तर नपाइएको अनुसन्धानको संक्षिप्त प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदन अनुसार गुणस्तरहिन फेला परेका ३७ वटा ब्याचमा २३ वटा संघीय सरकारले वितरण गरेका औषधि छन् भने १४ वटा ब्याच स्थानीय श्रोतबाट खरिद भएका औषधि छन्। बिरामीको रोग निकोपार्ने औषधि नै गुणस्तरिय नभए जनस्वास्थयमा गम्भिर असर पर्ने भन्दै २१ जिल्लमा अध्यन गरिएको थियो ।

 अध्ययनका लागि नेपालको सातै वटा प्रदेशबाट पहाडी, हिमाली र तराईका जिल्लाहरु अनुपातिक रुपमा छनौट गरी ती प्रत्येक जिल्लाहरुबाट एउटा अस्पताल, एउटा स्वास्थ्य चौकी र एउटा प्राथमिक स्वास्थ्य केन्द्र चयन गरिएको थियो।

गुणस्तर फेल भएका औषधिहरुमा प्यारासिटामोल, आइरन चक्की, सिप्रोफ्लोक्सासिन हाइड्रोक्लोराइड, मेटफर्मिन हाइड्रोक्लोराइड ट्याब्लेट, मेट्रोनिडाजोल ट्याब्लेट, पारासिटामोल पेडियाट्रिक ओरल सस्पेन्सन, पोभिडोन–आयोडिन सोलुसन रहेका छन्।

 अध्यनमा ६२ स्वास्थ्य संस्थार पाँच क्षेत्रिय मेडिकल स्टोरमा औषधि भण्डार कोठाको अवस्था रेकर्ड गरिएको थियो ।

Last modified on 2020-08-08 10:01:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts