प्रधानमन्त्री ओलीको कोरोना सङ्क्रमण नेगेटिभ

काडमाण्डौं, साउन २३ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेशका मन्त्रीको सम्पर्कमा आएपछि प्रधानमन्त्री ओलीको पनि कोरोना परीक्षण गरिएको हो ।
प्रदेश–२ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोरोना पोजिटिभ देखिएको थियो ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीट गर्दै यसबारेमा जानकारी दिए।
उनका अनुसार प्रधानमन्त्री ओली, सुवासचन्द्र नेम्वाङ, डाक्टर शिवमाया तुम्बाहाङ्फेलगायत सात जनाको रिपोर्ट नेगेटिभ आएको हो ।
Last modified on 2020-08-07 22:07:33