नेपालमा कोरानाका कारण संक्रमित हुनेको संख्या २२ हजार नाघ्यो

काठमाडौं, २३ साउन । नेपालमा कोरोनाका कारण संक्रमित हुनेको संख्या २२ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४ सय ६४ जना नयाँ संक्रमित थपिएका छन् ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा कोरोनाका कारण संक्रमित हुनेको संख्या २२ हजार २ सय १४ पुगेको बताए ।
यस्तै पछिल्लो २४ घन्टामा ४ सय २५ जना निको भएको भन्दै डा गौतमले हालसम्म नेपालमा कोरोना संक्रमण पछि निको हुनेको संख्या १५ हजार ८ सय १४ पुगेको बताए ।
यस्तै नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ७० जनाको मृत्यु भएको पनि डा गौतमले बताए ।
Last modified on 2020-08-07 16:33:05