पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु



Download our app to get more features

काठमाडौं, २३ साउन । ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

वीरगञ्ज महामनगरपालिका–९ माइस्थानका ४५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका निर्देशक डा विष्णु शर्माले हाम्रो डाक्टरलाई जानकारी दिएका छन् ।   बिहीबार नै नेपाली सेनाले उनको शवको व्यवस्थापन समेत गरिसकेको छ ।

वीरगञ्जबाट आएर पाटन अस्पतालमा साउन १७ गते भर्ना भएका उनी आइसीयूमा उपचाररत थिए । उपचारकै क्रममा बिहीबार उनको मृत्यु भएको हो । 
उनी उच्च रक्तचाप र मधुमेहका बिरामी भएको डा शर्माले जनाएका छन्।

उनको काठमाडौंमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको थियो । उनको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट टेसिङ गर्दा उनकी ५५ वर्षीय दिदीमा पनि कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।
 

Last modified on 2020-08-07 11:13:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts