कोभिड –१९ का बीच कसरी चाडपर्व मनाउने ? स्वास्थ्य मन्त्रालयले जारी गर्यो यस्तो मापदण्ड



Download our app to get more features

 काठमाडौं,२२ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रमुख चाडपर्व नजिक आइरहेकोले कोभिड –१९को सन्दर्भमा सुरक्षित रही पर्व मनाउन भन्दै स्वास्थ्यका मापदण्ड जारी गरेको छ । मन्त्रालयले प्रमुख चाडपर्व, जात्रा तथा उत्सवहरु मनाउँदा कोरोना संक्रमणबाट बच्न ‘चाडपर्व, जात्रा तथा उत्सुवहरु मनाउँदा पालना गर्नुपर्ने जनस्वास्थ्यका मापदण्ड, २०७७’ जारी गरेको हो । यो मापदण्ड घरपरिवार र समुदायस्तरमा मनाइने सबै प्रकारका चाडपर्व, जात्रा र उत्सवहरुलाई ध्यानमा राखि बनाईएकोले देशभर लागू हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर कुमार  अधिकारीले हाम्रो डाक्टर न्युजलाई बताए ।

यस्तो छ मापदण्ड

चाडपर्व, जात्रा तथा उत्सवहरू मनाउँदा पालना गर्नु पर्ने जनस्वास्थ्यका मापदण्ड

व्यक्तिगत तहमा लागू हुने

क. अत्यावश्यक र अनिवार्य १. सबै किसिमका चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा एउटै घरमा बसोबास गर्ने घरपरिवारका व्यक्ति बाहेक अन्य सँग भेटघाट कम गर्ने। यदि भेटघाट गर्नेपर्ने भएमा कम्तिमा २ मिटर वा ६फीटको दूरी अनिवार्यरूपमा कायम गर्ने । २. चाडपर्वको समयमा सकेसम्म घर बाहिरको भेटघाटमा नजाने। यदि जानै पर्ने भएमा सहभागि हुँदा मास्क सर्जिकल वा ३ तहको कपडाको मास्क को प्रयोग अनिवार्य रूपले गर्ने ३. चाडपर्व, जात्रा तथा उत्सव मनाउने कार्यक्रम स्थलमा प्रवेश गर्दा अनिवार्य रूपले साबुनपानीले हात धुने वा स्यानीटाईजर प्रयोग गर्ने । ख. आधारभूत १. धार्मिक स्थलमा हुने हरेक भेलामार कार्यक्रममा बढीमा २५ जना मात्रै भेला हुने व्यवस्था गर्ने, २. अभिवादन गर्दा भौतिक दुरी कायम गरी टाढैबाट नमस्कार वा अभिवादन गर्ने, तर अंगालो मार्ने वा शरीर छने कुनै प्रकारको अभिवादन नगर्ने, ३. सतहहरू रेलिङ, बार आदि, देवीदेवताका मूर्तिहरू र धेरै व्यक्तिहरूले प्रयोगमा ल्याउने सक्ने सामग्रीहरू नछुने, ४. अनुहारको टी क्षेत्र – आँखा, नाक र मुख सकेसम्म नछुने यदि छुनै परेमा हात धोई वा हातमा स्यानिटाइजर प्रयोग गरी मात्र छुने,

५. खोक्दा वा हाछ्यु गर्दा रुमाल वा टिस्यु पेपरले मुख छोप्ने, उक्त सम्भव नभएमा कुहिना दोब्याएर छोप्ने, ६. सार्वजनिक स्थलमा जथाभावि नथुक्ने, ७. सम्भव भए बमोजिम पैसाको कारोबार गर्दा विद्युतीय माध्यमबाट कारोबार गर्ने,

८. उच्च जोखिम समूहमा पर्ने व्यक्तिहरूले घरपरिवार बाहेक बाहिरका व्यक्तिहरू सहभागि हुने भेलाहरूमा सहभागि नहुने । क. ज्वरो, खोकी तथा श्वासप्रश्वासको समस्या भएका व्यक्तिहरू, ख. ६० वर्ष भन्दा बढी उमेरका व्यक्तिहरू, ग. १२ वर्ष मूनिका बालबालिकाहरू, घ. गर्भवती तथा सुत्केरी महिलाहरू, ङ. रोग प्रतिरोधि क्षमता कम भएका व्यक्तिहरू, च. मधुमेह, क्यान्सर, मुटुरोग, उच्चरक्तचाप, मृगौला र कलेजो सम्बन्धि समस्या भएका,दम लगायत अन्य श्वासप्रश्वास सम्बन्धि दीर्घरोग भएका व्यक्तिहरू, छ. अंग प्रत्यारोपण गरेका व्यक्तिहरू, ज. शरीरमा मेडिकल उपकरणहरू राखेका व्यक्तिहरू, झ. हालसालै सर्जरी गरेका व्यक्तिहरू ञ. तत्काल विगत १५ दिन भित्र सबै प्रकारका रोगको उपचारबाट निको भएका व्यक्तिहरू आदि

आयोजकले व्यवस्थापन गर्नु पर्ने विषयहरू १. भीडभाड व्यवस्थापनका लागि पर्याप्त जनस्वास्थ्यका सुरक्षा सहित तालीम प्राप्त कर्मचारी वा स्वयं सेवकहरूको व्यवस्था गर्ने, २. हात धुन साबुन पानीको पर्याप्त व्यवस्था वा स्यानिटाइजरको उपलब्धता अनिवार्य मिलाउने, ३. कार्यक्रम स्थलको सरसफाई र हरेक दिन कम्तीमा दुई पटक निसंक्रमिकरण गर्ने, ४. धेरै सम्पर्कमा आउने सतहहरू रेलिङ, बार आदि, देवीदेवताका मूर्तिहरू आदि समयसमयमा सफा गर्ने, ५. व्यक्तिहरू बीचको सम्पर्क कम गर्नका लागि कार्यक्रमको अवधि जतिसक्दो छोटो राख्ने,

६. कार्यक्रम स्थलमा जनस्वास्थ्यका मापदण्ड र कोभिड–१९ सम्बन्धि पोष्टर पम्पलेटहरू पर्याप्त र अनिवार्यरूपले टाँस्ने, ७. कार्यक्रम स्थलमा भौतिक दुरी कायम भए नभएको पालना गर्न संकेतरचिन्हहरू बनाई सहभागिहरूलाई पालना गर्न लगाउने, ८.प्रवेश द्वारमा थर्मल थर्मोमिटरले तापक्रम जाँच गर्ने र १००.४ भन्दा बढी तापक्रम भएका व्यक्तिलाई कार्यक्रममा सहभागि नगराउने। निजहरूलाई नजिकको स्वास्थ्य संस्थामा थप परामर्श र जाँचका लागि पठाउने, ९. स्थानीय तहमा रहेका स्थानिय प्रशासन, स्वास्थ्य तथा अन्य सरोकारवाला निकायहरू सँग समन्वय गरी स्वास्थ्य र सुरक्षाको मापदण्ड पालना हुने गरी कार्यक्रमको उचित प्रबन्ध मिलाउने, १०. कार्यक्रम स्थलमा धुम्रपान, मद्यपान र सुर्तीजन्य पदर्थहरूको सेवन पुर्णरूपले निषेधित गर्ने,

११. जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने र जथाभावी थुक्ने व्यक्तिलाई स्थानीय प्रशासनले संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गर्ने, १२. फोहोर फाल्नका लागि बिर्को भएका फोहारदानीको पर्याप्त व्यवस्था मिलाउने र व्यवस्थापन गर्दा सावधानी अपनाई सुरक्षित तवरले बिसर्जन गर्ने, १३. सकेसम्म प्रसाद तथा टीका वितरण नगर्ने, गर्नै परेमा प्याकेजमा स्वस्थ व्यक्तिले पंजा र ग्लोब्स लगाएर प्याक गर्ने व्यवस्था मिलाउने र २ मिटरको भौतिक दुरी कायम गरी वितरण गर्ने, १४. भीड कम गर्न स्थानीय प्रशासन र सरोकारवालाहरूसँग समन्वय गरेर देहाय लगायतका अन्य उपयाहरू अपनाउनु पर्नेछः क. सहभागिको संख्या घटाउन विभिन्न रणनीतिहरू पहिचान गरी कार्यान्वयन गर्ने जस्तैः हरेक परिवारबाट एक जना मात्रै सदस्य उपस्थित गराउने, ख. प्रसाद वा अन्य फलफुलहरू निश्चित व्यक्तिहरूले घरमै गएर बाड्ने व्यवस्था मिलाउने, ग. नदी वा तलाउमा समुहमा नुहाउनको सट्टा अन्य वैकल्पिक व्यवस्था मिलाउने घ. सम्भव भएसम्म एकाघरका परिवारका सदस्यहरूमात्रै बसी चाडबाड तथा पर्वहरू मनाउने ।

Last modified on 2020-08-06 22:11:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts