सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार नजिक



Download our app to get more features

धनगढी, २० साउन । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या पाँच हजार नजिक पुगेको छ ।

सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, भेरी अस्पताल नेपालगञ्ज र सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ६४ जनामा कोरोना पुष्टि भएपछि संक्रमितको संख्या पाँच हजार नजिक पुगेको हो ।

सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार आठ सय चार पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक हजार एक सय ९७ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै डोटीका सात सय ८२, अछाममा सात सय १०, बाजुराका ६ सय १९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

कञ्चनपुरका पाँच सय ६७, डडेल्धुराका तीन सय नौ, बैतडीका दुई सय ९६, बझाङका दुई सय ७७ र दार्चुलाका ३९ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका तीन हजार दुई सय ४८ जना डिस्चार्ज भएर घर फर्किएका छन् भने नौ जनाको मृत्यु भईसकेको छ ।

Last modified on 2020-08-04 10:23:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts