स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. उप्रेती 



Download our app to get more features

काठमाडौं, साउन २० । स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. शेनेन्द्रराज उप्रेती नियुक्त भएका छन्।

सरकारले स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा पूर्व स्वास्थ्य सचिव डा. उप्रेतीलाई नियुक्त गरेको हो।  

मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा उप्रेतीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो। डा. उमाशंकर प्रसादले स्वास्थ्य बिमा बोर्डको अध्यक्षबाट राजीनामा दिएसँगै रिक्त रहेको सोही पदमा उनलाई नियुक्त गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बताए।
 

Last modified on 2020-08-04 08:43:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts