कोरोना संक्रमणको उच्च जोखिमयुक्त क्षेत्र पर्सा र जनकपुरमा उच्चस्तरीय टोली खटाईयो



Download our app to get more features

काठमाडौं, १८ साउन । नेपालमा थप २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ३ सय ३२ पुगेको प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

यस्तै नेपालमा हालसम्म कोरोना संक्रमणपछि निको हुनेको संख्या १४ हजार ६ सय ३ पुगेको छ भने कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा गौतमले कोरोनाको जोखिम बढेसँगै स्वास्थ्य सेवा विभागका निर्देशक डा दिपेन्द्र रमणसिंहको संयोजकत्वमा उच्चस्तरीय टोली पर्सा र जनकपुर पुगेको र काम सुरु भएको पनि जानकारी गराए । उनले पर्सा बाहेक अन्य जोखिमयुक्त क्षेत्रमा पनि टोली खटाइने तयारी भइरहेको बताए ।

यस्तै दीर्घ रोगी, १२ वर्ष मुनिका बालबालिका र ६० वर्ष उमेर कटेकाहरुलाई पनि घरभन्दा बाहिर ननिस्कन पनि आग्रह गरिएको उनले बताए ।

Last modified on 2020-08-02 16:45:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts