बुटवलमा कोरोना संक्रमण पुष्टी भएका २ जना सम्पर्कविहीन



Download our app to get more features

रुपन्देही १८  साउन ।  पिसिआर परीक्षणमा कोरोना पोजेटिभ देखिएका दुईजना सम्पर्कविहीन भएका छन् । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको पिसिआर परीक्षणमा पोजेटिभ देखिएका उनीहरु सम्पर्क विहीन भएका हुन् । भारतबाट आएका उनिहरुले शुक्रवार लुम्बिनी प्रादेशीक अस्पतालको प्रयोगशालामा स्वाव परिक्षण गराएका थिए ।

स्वाव परीक्षण गर्दा कोरोना पुष्टि भएपनि उनिहरु अस्पतालको सम्पर्कमा नआएको अस्पतालले जनाएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला निमित्त प्रमुख डा‍ राजेन्द्र गिरीले रिपोर्ट कोरोना पोजेटिभ आएपछि अस्पतालबाट गएको पहिलो फोन उठाएपनि रिपोर्ट पोजेटिभ आएको भन्ने वित्तिकै मोबाईल नलाग्ने गराएको बताए । उनीहरुले ठेगाना बुटबल ६ र एनसेलको मोवाईल दिएको बताईएको छ । कोरोनाको जोखिम बढिरहेको बेला पोजेटिभ भेटिएका व्यक्तिहरु सम्पर्कविहीन भएपछि सर्वसाधारण त्रसित भएका छन् ।

Last modified on 2020-08-01 22:45:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts