सेती नदीमा बगेर २ जना स्वास्थ्यकर्मी बेपत्ता

डडेल्धुरा, १७ साउन । डोटीको सेती नदीमा बगेर २ जना स्वास्थ्यकर्मी बेपत्ता भएका छन् ।
डडेल्धुरा परशुरामका हरि जोशी र बझाङ स्थायी घर भएका स्वास्थ्य सहायक बिनयसिंह बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्ण बोहराले बताए ।
उनीहरु दुवैजना डोटीको शिखर नगरपालिका–१० स्थित सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका उनले बताए ।
डडेल्धुराबाट शैलेश्वरी दर्शनका लागि उनीहरु डोटी पुगेर दर्शन गरी फर्किने क्रममा सेती नदीमा नुहाउन गएका उनको भनाइ छ ।
उनीहरु दुबै नुहाउने क्रममा बेपत्ता भएका र दुबै जनाको खोजी भइरहेको उनले जानकारी दिए ।