नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो, मृत्यु हुनेको संख्या ५७



Download our app to get more features

काठमाडौं, १७ साउन । नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २० हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोनाका कारण संक्रमित हुनेको संख्या २० हजार ८६ पुगेको हो ।

शनिवार विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणको क्रममा थप ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संख्या २० हजार नाघेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

यस्तै कोरोना संक्रमण पछि हालसम्म निको हुनेको संख्या १४ हजार ४ सय ९२ पुगेको पनि उनले जानकारी गराए ।

शनिवार थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएपछि नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts