लकडाउन हटेपछि नेपालमा शून्य दशमलव ८ प्रतिशतले बढ्यो कोरोना संक्रमितको दर



Download our app to get more features

काठमाडौं, १७ साउन । नेपालमा लडकडाउन खुुकलो बनाएपछि शून्य दशमलव ८ प्रतिशतले कोरोना संक्रमणको दर वृद्धि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा लकडाउन हुनुभन्दा ११ दिन पहिले २ दशमलव ८ प्रतिशत रहेको संक्रमण दर लकडाउन हटेको भएको ११ दिनमा शून्य दशमलव ८ प्रतिशतले संक्रमण दर वृद्धि भएको बताएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले लकडाउन अन्त्य हुनुभन्दा ११ दिन पहिले ४७ हजार ८ सय ७७ पिसिआर परीक्षण गर्दा १ हजार ३ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा लकडाउन अन्त्य भएपछिको ११ दिनमा ५८ हजार १ सय ७४ पिसिआर परीक्षण गर्दा २ हजार ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

उनले २ दशमलव ८ प्रतिशत रहेको संक्रमण दर लकडाउन अन्त्य भएपछि ३ दशमलव ६ प्रतिशत पुगेको पनि उल्लेख गरे । 

जानकारी दिने क्रममा उनले पछिल्लो २४ घन्टामा नेपालमा ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको र ९३ जना डिस्चार्ज भएको पनि उल्लेख गरे ।

Last modified on 2020-08-01 16:35:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts