सुदूरपश्चिममा कोरोना संक्रमणपछि निको हुनेको संख्या ३ हजार नाघ्यो



Download our app to get more features

धनगढी, १६ साउन । सुदूरपश्चिममा कोरोना संक्रमणपछि निको भएर घर फर्किनेको संख्या ३ हजार नाघेको छ ।

बुधवार विभिन्न अस्पताल र स्थानीय तहमा बनाईएका आईसोलेसनबाट थप ३५ जना कोरोना संक्रमित डिस्चार्ज भएसँगै निको हुनेको संख्या ३ हजार ८ पुगेको हो । 

प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा कञ्चनपुरका ३२, डोटकिा दुई र कैलालीका एक जना गरी ३५ जनालाई डिस्चार्ज गरिएको जानकारी दिए ।

सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढि अछामका पाँच सय ४१, डोटीका पाँच सय ३७, कैलालीका पाँच सय ३०, कञ्चनपुरका चार सय ८१, बैतडीका दुई सय ९९ र डडेल्धुराका दुई सय ६७ जनााई डिस्चार्ज गरिएको छ ।

बाजुरा दुई सय ५३ , बझाङबाट ८७ र दार्चुलाबाट १३ जना संक्रमितलाई डिस्चार्ज गरिएको छ । यस्तै सुदूरपश्चिम प्रदेशका ५३ संक्रमितको विभिन्न अस्पतालमा उपचार भईरहेको छ भने बाँकी एक हजार तीन सय ९४ जना भने घर र स्थानीय तहको क्वारेन्टिनमा छन् । नौँ जनाको भने मृत्यु भईसकेको छ ।  

मन्त्रालयका अनुसार टीकापुर अस्पतालमा २१, महाकाली अस्पतालमा १८, जिल्ला अस्पताल अछाममा १०, जिल्ला अस्पताल बाजुरा र डोटीमा दुईरदुई जना गरी ५३ जनाको उपचार भईरहेको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा संक्रमितको सङख्या चार हजार चार सय ११ पुगेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts