गण्डक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु



Download our app to get more features

पर्सा, १६ साउन । पर्सामा थप एक जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । 

जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृत ५६ वर्षीय एक जना पुरुषको कोरोनाका कारण मृत्यु भएको हो ।

नारायणी अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट डा मदन उपाध्यायले वीरगञ्ज–११ श्रीपुर बस्ने भारत घर भएका ती पुरुषको बिहीवार राति उपचारको क्रममा मृत्यु भएको हाम्रो डाक्टर न्यूजलाई बताए ।

मुटुको रोगी रहेका उनमा साउन ६ गते कोरोना संक्रमण पुष्टि भएपछि साउन ७ गते दिउँसो साढे १ बजे वीरगञ्जस्थित अस्थायी कोरोना विशेष गण्डक अस्पतालमा भर्ना गरिएको डा उपाध्यायले बताए ।

डा. उपाध्यायका अनुसार बिहीवार उनको शरीरमा अक्सिजनको मात्रा कम हुँदै गएपछि  भेन्टिलेटरमा राखेर उपचार गर्न सुरु गरिएपनि उनलाई बचाउन सकिएन ।

योसँगै पर्सामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

Last modified on 2020-07-31 10:40:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts