साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौं प्रवेशमा रोक



Download our app to get more features

काठमाडौं, साउन १६ । गृह मन्त्रालयले साँझदेखि विहानकाे सबेर समयसम्म काठमाडौं उपत्यका प्रवेशमा रोक लगाएको छ।
 
बिहीबार एक विज्ञप्ति जारी गरेर गृहमन्त्रालयले उपत्यका भित्रिने धेरै यात्रुमा कोरोना संक्रमण देखिएको भन्दै यो निर्णय गरेको हो।
 
 बिहीबार (साउन १५) देखि नै लागू हुनेगरी साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म नाकामा यात्रुको आवागमन पूर्ण बन्द गराइने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

जारी विज्ञप्तिअनुसार उपत्यका बाहिरका जिल्ला प्रशासन कार्यालयहरूलाई पनि अत्यावश्यक कामबाहेक अन्तर जिल्ला सवारी आवागमन पास जारी नगर्न र बिना पास अन्तर जिल्ला आवागमन पूर्ण बन्द गराउन निर्देशन दिइएको छ।
 

Last modified on 2020-07-31 07:20:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts