कोरोनाको उच्च जोखिममा रहेको विरगंज महानगरका मेयर सरावगी कोरोना संक्रमित

काठमाडौं, साउन १५ । कोरोना भाइरस (कोभिड-१९) को उच्च जोखिममा राखेको विरगंज महानगरका मेयर विजय कुमार सरावगी कोरोना संक्रमित भएका छन्। उनी कोरोना भाइरस विरुद्धको लडाईंमा निरन्तर काम गर्दै आइरहेका थिए।
समुदायस्तरमै लक्षण देखिन थालेपछि हाल विरगंजबासी त्रसित भएका छन्। यसको समाधानका लागि सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण हुनुपर्ने विरगंज बासीले आग्रह गरेका छन्। हालसम्म उनीहरु आफैं सर्तक भएर बसेका छन्।
Last modified on 2020-07-30 22:25:17