चितवनमा गरिएकाे परीक्षणमा नवलपुरका थप एक/एक जना महिला र पुरूषमा काेराेना संक्रमण

चितवन, १५ साउन । चितवनमा गरिएकाे परीक्षणमा नवलपुरका थप दुई जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । नवलपुर जिल्लाकाे देवचुली नगरपालिका ९ का ३६ वर्षीय पुरूष र देवचुली नगरपालिका १५ की २७ वर्षीया महिलामा काेराेना भाइरस (काेभिड-१९) संक्रमण पुष्टि भएकाे प्रयाेगशाला प्रमुख डा. नितु अधिकारीले जानकारी दिईन् ।
स्थानीय क्वारेन्टिनमा रहेका उनीहरूमा काेराेना संक्रमण देखिएकाे हाे । बिहीवार प्रयाेगशालामा १ सय ४५ नमुना परीक्षण गरिएकाे मध्ये बाँकी १ सय ४३ नमुनाकाे नतिजा भने नेगेटिभ आएकाे उनले बताइन् ।
बुधवार चितवनकाे प्रयाेगशालामा १ सय ९१ नमुना परीक्षण गरिएकाे मध्ये नवलपुर जिल्लाकै हुप्सेकोट गाउँपालिका १ र ४ वडाका २४, २५ र समान ३० वर्षका दुई जना सहित जम्मा चार जना पुरूषमा काेराेना भाइरस (काेभिड-१९) संक्रमण पुष्टि भएकाे थियाे । उनीहरूकाे भरतपुर अस्पताल काेभिड-१९ परीक्षण प्रयाेगशालामा स्वाब आरटिपिसिआर प्रविधिबाट परीक्षण गरिएकाे हाे ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।