कोरोना संक्रमितको उपचारमा खट्न अटेर गरेपछि पर्साका स्वास्थ्यकर्मीलाई नियन्त्रणमा लिइयो

पर्सा, १५ साउन । कोरोना संक्रमणको उपाचारमा खट्न आलटाल गर्दै आएका पर्साका २५ जना स्वास्थ्यकर्मीलाई छलफलका लागि नियन्त्रणमा लिइएको छ ।
जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमितको उपचारमा स्वास्थ्यकर्मीलाई खटाइदिनका लागि एक महिनादेखि आग्रह गरेपनि २५ जना स्वास्थ्यकर्मीले आलटाल गर्दै आएपछि छलफलका लागि नयन्त्रणमा लिनु परेको पर्साका सहयाक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले हाम्रो डाक्टर न्यूजलाई बताए ।
महामारीको अवस्थामा काममा विभिन्न बहानाबाजी गरेर काममा नखट्ने कर्मचारीसँग छलफल जारी रहेको पनि उनले बताए ।
छलफलपछि उनीहरुलाई काममा फर्किनेगरि छोडिने भन्दै उनले विपदको बेला स्वास्थ्यकर्मीको यस्तो व्यवहारले नकारात्मक असर पर्ने उनको भनाइ छ ।