मातृ शिशु मृत्युदर घटाउन मिडवाईफरी नर्सिङ सेवा संचालन हुँदै

What's This?


Download our app to get more features

काठमाण्डौं, ५ चैत्र । बढ्दो मातृ शिशु मृत्युदरलाई घटाउन सरकारले पहिलो पटक मिडवाइफरी नर्सिङ सेवा संचालन गर्ने भएको छ । चार ठाँउका विश्वविद्यालय अन्तर्गतका एकेडेमीकहरुलाई मिडवाइफरी संचालन गर्न दिने सरकारको निर्णय बमोजिम चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले पहिलो पटक मिडवाईफरी नर्सिङ संचालन गर्न लागेको हो । 

पहिलो पटक सुरु हुन लागेको मिडवाइफरी नर्सिङ सेवा संचालनका लागी न्याम्सले तयारी पनि पूरा भइसकेको जनाएको छ । न्याम्सका उपकुलपति डा. गणेश गुरुङले नेपालमा मातृ शिशु मृत्युदर धेरै रहेको भन्दै त्यसलाई घटाउन विशेष मिडवाइफरी नर्सिङ योजना ल्याएको बताए । गुरुङले मातृ शिशु मृत्युदर घटाउने सरकारी योजना अनुसार नै आफूहरु लागेको उल्लेख गरे । 
नेपालमा मिडवाइफरी नर्सिङ सेवा सञ्चालन भएको छैन’ डा. गुरुङले भने, ‘यसको सुरुवात चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट हुँदैछ ।’ 
मातृ शिशु मृत्युदरले हैरान बनेको सरकारले पनि मिडवाइफरी नर्सिङ सेवालाई गम्भीर रुपमा लिएको छ । 

मातृ शिशु मृत्युदर घटाउन पहिला स्कुल बोथ एटेन्डेन्स तालिम अनमी र स्टाफ नर्सलाई दिँदै आएकोमा हाल करिकुलम वेसमा नै मिडवाईफरी तालिम सञ्चालन गर्न लागेको हो । विकसित देशहरुमा यो सेवा विगतदेखि नै उपलब्ध भएपनि नेपालमा भने भर्खरै यसको शुरुवात गर्न लागिएको हो । 

जसले गर्दा विश्वका कतिपय मुलुकहरुमा मातृ शिशु मृत्युदर असाध्यै कम छ । ति देशहरुले मातृ शिशु मृत्युदर घट्नुमा मिडवाईफहरुको उल्लेख्य भूमिका रहेको दावी गरेका छन् । 
नेपालमा पनि सोही अवधारणा अनुसार नै नर्सिङ सेवाबाट मिडवाईफरी लागु गराउने र मातृ शिशु मृत्युदर घटाउने नीति नेपाल सरकारले तय गरेको थियो । 

‘हामीले हाम्रो सिनेटबाट यो नीति संचालन गर्छाैं भनेर पास गरेका थियौं’ उपकुलपति डा.गुरुङले भने । 

मिडवाइफरी चाडो संचालन गर्नका लागी नीति पहिलो प्राथमिकतामा पर्ने भन्दै डा. गुरुङले  पठन पाठनका लागी विषयहरु पाठ्य सामाग्रीमा समेट्नुपर्ने विश्वमा संचालन भएका विषयहरुका आधारमा अगाडि बढ्नु पर्ने बताए । 

आगामी शैक्षिक सत्रबाट जनशक्ति उत्पादनका लागी बिएसी नर्सिङलाई मिडवाईफरी कार्यक्रम संचालन गर्नेगरी अन्तिम तयारीमा आफुहरु रहेको डा. गुरुङले बताए । 

गाउँदेखि पिएसी, पिएसीदेखि जिल्ला हुँदै हरेक क्षेत्रमा दक्ष जशक्ति चाहिने भएकाले बिएसी नर्सिङले त्यसको आवश्यकता पूरा गर्नसक्ने सरकारी आंकलन छ । 
बिएसी नर्सिङले पिसियल नर्सिङ र अनमिहरुलाई आवश्यकता अनुसार मिडवाइफरीमा तालिम दिने छन् । जसले गर्दा मातृ शिशु मृत्युदरमा धेरै कमि आउने डा. गुरुङले दावी गरे । 
 

Last modified on 2016-03-18 11:01:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts