नेपाल मेडिकल काउन्सिलको स्थगित लाईसेन्स परीक्षा भदौ ७ गतेबाट हुने
यस्तो छ परीक्षाको विस्तृत विवरण

काठमाडौं, १५ साउन । नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र परीक्षा भदौ ७ गतेबाट हुने भएको छ ।
कोरोना महामारीका कारणले चैत ८ गतेका लागि तय भएको परीक्षा स्थगित भएको हुँदा भदौ ७ गतेदेखि १० गतेसम्म परीक्षा हुने काउन्सिलले जनाएको छ ।
भदौ ७ गते बीडीएस र ८ गतेदेखि १० गतेसम्म एमबीबीएसको परीक्षा हुने भएको छ ।
परीक्षामा सहभागि हुने परीक्षार्थीले परीक्षामा सहभागि हुनका लागि साउन १८ गतेदेखि २३ गतेसम्म आफ्नो प्रवेशपत्रको प्रतिलिपि [email protected] मा पठाउनुपर्नेछ ।
यस्तो छ परीक्षाको विस्तृत विवरण :
Last modified on 2020-07-30 15:29:07