सुदूरपश्चिमका २९ सय ७३ संक्रमित निको भएर घर फर्किए, १४ सय १९ ‘सक्रिय संख्या’



Download our app to get more features

धनगढी, १५ साउन । सुदूरपश्चिमका विभिन्न अस्पताल र स्थानीय तहमा बनाईएका आईसोलेसनबाट बुधवार थप एक सय जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा बाजुराका ८३, कैलालीका १६ र अछामका एक जना गरी एक सय जनालाई डिस्चार्ज गरिएको जानकारी दिए ।

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमण मुक्त भएर घर फर्किनेको संख्या दुई हजार नौ सय ७३ पुगेको छ । 

सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढि अछामका पाँच सय ४१, डोटीका पाँच सय ३५, कैलालीका पाँच सय २९, कञ्चनपुरका चार सय ४९, बैतडीका दुई सय ९९ र डडेल्धुराका दुई सय ६७ जनालाई डिस्चार्ज गरिएको छ ।

बाजुरा दुई सय ५३, बझाङबाट ८७ र दार्चुलाबाट १३ जना संक्रमितलाई डिस्चार्ज गरिएको छ । यस्तै सुदूरपश्चिम प्रदेशका ५३ संक्रमितको विभिन्न अस्पतालमा उपचार भईरहेको छ भने बाँकी एक हजार चार सय २० जना भने घर र स्थानीय तहको क्वारेन्टाइनमा छन् । नौँ जनाको भने मृत्यु भईसकेको छ ।  

मन्त्रालयका अनुसार टीकापुर अस्पतालमा २१, महाकाली अस्पतालमा १८, जिल्ला अस्पताल अछाममा १०, जिल्ला अस्पताल बाजुरा र डोटीमा दुई/दुई जना गरी ५३ जनाको उपचार भईरहेको छ ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा संक्रमितको सङख्या चार हजार चार सय एक पुगेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts