चितवनमा गरिएकाे परीक्षणमा नवलपुरका थप चार जना पुरूषमा काेराेना संक्रमण दखियाे

चितवन, १४ साउन । चितवनमा गरिएकाे परीक्षणमा नवलपुरका थप चार जना पुरूषमा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
भरतपुर अस्पताल काेभिड-१९ परीक्षण प्रयाेगशालामा स्वाब आरटिपिसिआर प्रविधिबाट परीक्षण गर्दा नवलपुर जिल्लाकाे हुप्सेकोट गाउँपालिका १ र ४ वडाका २४, २५ र समान ३० वर्षका दुई जना सहित जम्मा चार जना पुरूषमा काेराेना भाइरस (काेभिड-१९) संक्रमण पुष्टि भएकाे प्रयाेगशाला प्रमुख डा. नितु अधिकारीले जानकारी दिईन् । स्थानीय क्वारेन्टिनमा रहेका ती पुरूषमा काेराेना संक्रमण देखिएकाे हाे ।
बुधवार प्रयाेगशालामा १ सय ९१ नमुना परीक्षण गरिएकाे मध्ये ती पुरूषमा संक्रमण देखिएकाे हाे । बाँकी १ सय ८७ नमुनाकाे नतिजा भने नेगेटिभ आएकाे उनले बताइन् ।
Last modified on 2020-07-29 21:55:21
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।