नेपालमा कोरोना सङ्क्रमणपछि निको हुनेको संख्या १४ हजार नाघ्यो

काठमाडौं, १४ साउन । नेपालमा कोरोना सङ्क्रमणपछि निको हुनेको संख्या १४ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोभिड–१९ सम्बन्धी जानकारी दिने क्रममा प्रवक्ता डा जागेश्वर गौतमले १ सय ४६ जना पछिल्लो २४ घन्टामा स्वस्थ भएको भन्दै हालसम्म नेपालमा कोरोना सङ्क्रमणपछि निको हुनेको संख्या १४ हजार २१ पुगेको बताए ।
यस्तै पछिल्लो २४ घन्टामा २ सय १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको पनि उनले जानकारी दिए । नेपालका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ सय १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको भन्दै प्रवक्ता गौतमले नेपालमा कोरोना सङ्क्रमितको संख्या १९ हजार ४ सय ८३ पुगेको जानकारी दिए ।
Last modified on 2020-07-29 16:38:08