लुम्विनी प्रादेशिक अस्पतालमा सर्पदंश उपचार सम्बन्धि तालिम सुरु 



Download our app to get more features

काठमाडौं, १३ साउन । प्रदेश स्वास्थ्य तालिम केन्द्रको आयोजनामा मंगलवारदेखि बुटवलस्थित लुम्विनी प्रादेशिक अस्पतालमा सर्पदंश उपचार सम्बन्धि तालिम सुरु भएको छ।

सामाजिक विकास मन्त्री सुदर्शन बरालले  उक्त तालिमको उद्धघाटन गरेका हुन्।  उनले सर्पदंशको केसमा प्राथमिक उपचार नपाउँदा  मृत्यु हुने विरामीको संख्या बढिरहेको बताए। 

सर्पदंश सम्बन्धि ग्रामिण क्षेत्रमा जनचेतना जगाउन आवश्यक रहेको उनको भनाइ थियो।

 तराईका जिल्लामा वर्षादको समयमा सर्पदंशका घटना बढी आउने हुँदा  स्वास्थ्य केन्द्र, सर्पदंश उपचारकेन्द्र तथा अस्पतालहरुमा एन्टीभेनम लगायतका औषधिको कमि हुन नदिने उनले बताए।

साधारण अम्बु ब्यागको अभावमा विरामीको मृत्यु हुने अवस्था आउन नदिन मन्त्री बरालले स्वास्थ्य प्रशासकहरुलाई निर्देशन दिए। तालिम केन्द्रका निर्देशक डा. महेश्वर श्रेष्ठले  ५२ जना स्वास्थ्यकर्मीलाई तालिम दिने  लागेको जानकारी दिए।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts