नेपालमा कोरोनाका कारण संक्रमित हुनेको संख्या १९ हजार नाघ्यो



Download our app to get more features

काठमाडौं, १३ साउन । नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १९ हजार नाघेको छ ।

पछिल्लो २४ घन्टामा ३ सय ११ जना नयाँ कोरोना संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १९ हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित कोभिड १९ सम्बन्धी जानकारी दिँदै प्रवक्ता डा जागेश्वर गौतमले  नेपालमा हालसम्म कोरोना भाइरसका कारण १९ हजार ६३ पुगेको बताए ।

यो संख्या पछिल्लो २५ दिनपछिको धेरै संख्या रहेको पनि उनले बताए । यसअघि गत असार १९ गते सबैभन्दा धेरै ७ सय ७४ जना संक्रमित फेला परेका थिए । 

पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्यामा कमि आएको थियो । पिसिआर ३ हजारका दरले हुँदै आएकोमा पछिल्लो २४ घन्टामा ५ हजार ३२ पिसिआर परीक्षण गरिएकोमा ३ सय ११ जना नयाँ संक्रमित फेला परेका हुन् । 

Last modified on 2020-07-28 16:44:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts