सुदूरपश्चिममा कोरोनाका कारण थप एक जनाको मृत्यु, नेपालमा संख्या ४९ पुग्यो



Download our app to get more features

धनगढी, १३ चैत । सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बझाङको बुङ्गल नगरपालिका –३ का ६५ वर्षका एक वृद्ध छन् । मृतकलाई १४ दिन क्वारेन्टाइन राखेर कोरोनाको कुनै लक्षण नदेखिएको भन्दै ६ साउनमा घर पठाइएको थियो । 

घरमा बसिरहेको समयमा उनमा ९ साउनमा अकस्मात् स्वास्थ्य समस्या आउँदा मृत्यु भएको र सोमबार आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बझाङका कोभिड–१९ सम्पर्क व्यक्ति नारायण जोशीले जानकारी दिए । 

डडेल्धुरा अस्पतालको प्रयोगशालामा पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको जोशीले बताए ।’ उहाँलाई मृत्युपश्चात कोरोना पुष्टि भएको हो’ उनले भने ।

उनी असार २४ गते भारतबाट फर्किएका थिए । उनको ९ साउनमै परम्परागत रूपमा दहासंस्कार गरिएको थियो । योेसँगै सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

Last modified on 2020-07-28 14:53:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts