नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा डा. मोहनकृष्ण श्रेष्ठ नियुक्त

काठामडौं, १२ साउन । नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा डा मोहनकृष्ण श्रेष्ठ नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले परिषद्को अध्यक्षमा डा.श्रेष्ठलाई नियुक्त गरेको हो।
उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा परिषद्को अध्यक्षमा नियुक्त भएको स्रोतले जनाएको छ।
डा.श्रेष्ठ तिलगंगा आँखा अस्पतालमा कार्यरत छन्।