समुदायमा कोरोना सङ्क्रमण फैलिएको विषयमा खोजपर्ताल हुँदैछः स्वास्थ्य मन्त्रालय



Download our app to get more features

काठमाडौं, १२ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसको सङ्क्रमण समुदाय स्तरमा नफैलिएको दावी गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न सञ्चार माध्यममा कोरोना सङ्क्रमण फैलि सकेको भन्ने आएको समाचारमा सत्यता नरहेको दावी गरे ।

उनले हाल नेपालका केही स्थानमा एकै समयमा धेरै संख्यामा कोरोना सङ्क्रमण देखिएपनि भएपनि समुदायमा कोरोना सङ्क्रमण फैलिएको विषयमा प्रमाणित नभएको बताए ।


भाइरस फैलावटको वर्गीकरण अनुसार विश्व स्वास्थ्य संगठनले नेपाललाई ठाउँ विशेषमा कोभिड–१९ को केश भएको सूचीमा राखेको भन्दै उनले यस विषयमा स्थानीय सरकारसँग थप जोख पर्ताल भइरहेको बताए । 

उनले नेपालमा लकडाउन अन्त्य भएपनि कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले सबै सचेत हुनुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

Last modified on 2020-07-27 17:12:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts