बकुलहर अस्पतालमा आकस्मिक रक्त सञ्चार सेवा सुरु



Download our app to get more features

चितवन, १२ साउन । रत्ननगर बकुलहर अस्पतालमा थप सेवा विस्तार भएको छ ।

अस्पतालमा सोमवारदेखि आकस्मिक रक्त सञ्चार सेवाको सुरुवात गरिएको अस्पतालका प्रमुख डा विश्वबन्धु वगालेले बताए । 

रक्त सञ्चार सेवाको सुरुवात भएसँगै अब डायलासिस र थ्यालासेमियाका बिरामीलाई सजिलो हुने उनको विश्वास छ । 

अस्पतालमा भएका त्यस्ता बिरामी सहित अन्य बिरामीको अप्रेशन गर्नु पर्दा र बिरामीलाई 
रगतको खोजीमा भौतारिनु पर्ने अवस्थाको पनि अन्त्य भएको डा वगालेको भनाइ छ । 

अस्पतालमा पछिल्लो समय विभिन्न स्वास्थ्य सेवा विस्तार गर्ने क्रममा ज​टिल​ श​ल्य​क्रिया र​ हाड​जोर्नी विशेस​ज्ञ​ सेवा केही समय पहिले सुरु भएको छ भने प्रसुति लगायतका अन्य सेवापनि सुचारु छ ।
 

Last modified on 2020-07-27 15:02:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts